+
+
Shares

बर्दियामा एक युवक मृत फेला

रासस रासस
२०८२ पुष २२ गते १७:५०

२२ पुस, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

बढैयाताल–८ दैलेखीटोलका अन्दाजी ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृतावस्थामा भेटिएका हुन् ।

स्थानीयवासीका अनुसार श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि मृतक सार्की दाजुसँगै बस्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा वाह्य चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान गर्न शवपरीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?