News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु स्टारर सोसल ड्रामा 'मिरमिरे' को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ।
- फिल्मले बालिका र बुवाबीचको सम्बन्ध र दयाहाङ, प्रकाश, सिर्जनाबीचको त्रिकोणात्मक प्रेम कथावस्तु प्रस्तुत गर्छ।
- फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ र छुल्ठिम गुरुङले दयाहाङको पूर्वपत्नीको भूमिका निर्वाह गरेकी छिन्।
काठमाडौं । दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु स्टारर सोसल ड्रामा ‘मिरमिरे’ को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथावस्तुको संक्षिप्त झलक प्रस्तुत गर्छ ।
कथावस्तु दुई आयाममा चित्रित छ । पहिलो- बालिका र उसका बुवाबीचको स्नेहपूर्ण सम्बन्ध र अभिभावकत्व । दोस्रो- दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध ।
दयाहाङ एक बुवाको रुपमा छोरीको स्याहार सुसारमा छन् । त्यसबीच, उनी र सिर्जनाबीच प्रेम टुसाउँछ । आमाले छाडेकी एक्लो सन्तानको रुपमा ती बालिकाले के पुनः मातृत्व प्रेम गर्लिन् ? यो थाहा पाउन फिल्म हेर्नुपर्छ ।
ट्रेलरले फिल्ममा दयाहाङको पूर्वपत्नीको रुपमा छुल्ठिम गुरुङलाई सरप्राइज प्रवेश गराएको छ । मानवीय सम्बन्धको यी पहेलीलाई निर्देशक याम शेर्पाले हृदयस्पर्शी ढंगले पटकथामा बुनेका छन् । तपाईंलाई सरल र सहज ग्रामीण पारिवारिक कथावस्तुमा रुचि छ भने ‘मिरेमिरे’ दर्शनीय हुनसक्छ ।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4