+
+
Shares

‘जारी २’ को काठमाडौं प्रिमियर : च्याब्रुङ बजाउँदै नाचे दयाहाङ- मिरुना (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'जारी २ : सङ अफ च्याब्रुङ' को भव्य प्रिमियर काठमाडौंको एक हलमा प्रदर्शनको पूर्वसन्ध्यामा गरिएको छ।
  • प्रिमियरमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले लिम्बु समुदायको पहिरनमा परम्परागत बाजा च्याब्रुङ बजाएका थिए।
  • फिल्मले पूर्वी पहाडको लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथा प्रस्तुत गरेको छ र नेपालसहित अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ।

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ लाई राजधानीको एक हलमा भव्य प्रिमियर गरिएको छ ।

‘कास्ट एन्ड क्रू’ को सहभागितामा आयोजित प्रिमियरमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले लिम्बु समुदायको पहिरनमा सजिएर परम्परागत बाजा च्याब्रुङ बजाएका थिए ।

कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल लिम्बु पहिरनमा प्रस्तुत भएका थिए । फिल्मको कथावस्तु पनि पूर्वी पहाडको लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथा पेश गरिएको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई बाँसुरी फिल्म्सका रामबाबु गुरुङसहितले निर्माण गरेका हुन् । यो फिल्म नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?