News Summary
Generated by OK AI. Editorially reviewed.- उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ शुक्रबारदेखि मलेसियामा सात स्थानका हलमा रिलिज भएको छ।
- सेभेन सिज इन्टरनेसनलले नेपाली श्रमिकको बाक्लो उपस्थिती रहेको मलेसियामा यो फिल्म प्रदर्शनमा ल्याएको हो।
- दयाहाङ राई, विजय बराल, मिरुना मगर अभिनित ‘जारी २’ नेपालमा पनि प्रदर्शनरत छ र अन्य मुलुकमा समेत रिलिज गरिएको छ।
काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ शुक्रबारदेखि मलेसियामा रिलिज भएको छ । सेभेन सिज इन्टरनेसनलले फिल्मलाई नेपाली श्रमिकको बाक्लो उपस्थिती रहेको मुलुकमा प्रदर्शनमा ल्याएको हो ।
यो फिल्म त्यहाँका ७ स्थानका हलबाट रिलिज भएको वितरक रमेश ढकालले जनाए ।
उनका अनुसार, पेतालिङ जयाको टीजीभी सिनेमाज, पुचोङस्थित टीजीभी सिनेमाज, पेनाङको एलएफएस बुकिट र बटरवर्थ, इपोको एलएफएस सेरी, क्लाङको एलएफएस सेरी, मेलाकाको सूर्य स्क्रिन्स, जोहर बारुको सूर्य स्क्रिन्समा फिल्म लागेको हो ।
दयाहाङ राई, विजय बराल, मिरुना मगर अभिनित यो फिल्म नेपालमा पनि प्रदर्शनरत छ । सेभेन सिज इन्टरनेसनलले अन्य मुलुकमा समेत यो फिल्मलाई रिलिजमा ल्याएको हो ।
बाँसुरी फिल्म्सको ब्यानरमा ‘जारी २’ लाई रामबाबु गुरुङले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4