+
+
Shares

‘मिरमिरे’ को शीर्ष गीतमा दयाहाङ, प्रकाश र सिर्जनाको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको कथानक फिल्म ‘मिरमिरे’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ।
  • गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश सपुतकै छन्।
  • फिल्म ‘मिरमिरे’ १ माघदेखि प्रदर्शन तयारीमा छ।

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको कथानक फिल्म ‘मिरमिरे’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि सपुतकै छ ।

सार्वजनिक गीतमा युवा-युवतीबीचको प्रेम दर्शाइएको छ । विपरित लिंगीप्रतिको सौन्दर्यले मोहित पारेको कथा यसमा छ । युवकको नजरले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ ।

गीतमा कलाकार दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखुले अभिनय गरेका छन् । गीतमा त्रिकोणात्मक प्रेम चित्रण गरिएको छ । सिर्जनाको रुपमा मोहित भएका दयाहाङ र प्रकाशलाई देखाएको छ ।

फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता छन् । सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुवँर छन् । कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।

‘मिरमिरे’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?