+
+
Shares

‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ-विजयको नोकझोंक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ।
  • ट्रेलरले खोलाको ढुंगा र बालुवा उत्खननका ठेकेदार दयाहाङ र विजयबीचको नोकझोंकको कथा देखाउँछ।
  • फिल्म ६ कात्तिकदेखि तिहार भाइटीकाको अवसरमा प्रदर्शन हुने तयारीमा छ र सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।

काठमाडौं । दयाहाङ राई र विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । खोलाको ढुंगा र बालुवा उत्खननका ठेकेदार दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने नोकझोंकको कथा यसमा छ ।

दयाहाङको अघिपछि केटाहरूको ग्याङ लिए रवाफका साथ हिँडिरहेको देखिने विजय विजय एक नवयौवना पात्र (समृद्धि अर्याल)को प्रेममा छन् ।

ट्रेलरमा वरिष्ठको चरित्रमा दयाहाङ र बलरामको चरित्रमा विजय देखिएका छन् । यो फिल्म तिहार भाइटीकाको अवसरमा ६ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीको अभिनय छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप धामी र पुस्कर घिमिरे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?