News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दयाहाङ राईले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भोट माग्ने आधार के छ भनेर दललाई प्रश्न सोध्नुभएको छ।
- दयाहाङले कुनै दलीय पक्षधरता नदेखाउँदै मतदाताको रुपमा दललाई प्रश्न सोध्नुभएको छ र उहाँको स्टाटसमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
- दयाहाङले हालै 'कबड्डी ५' को छायांकन पूरा गर्नुभएको छ र यो फिल्म चुनावपछि प्रदर्शनमा ल्याउने तयारी छ।
काठमाडौं । अघिल्लाभन्दा यसपटक कलाकारलाई चुनाव लागिरहेको छ । फरक यत्ति हो- कोही खुलेरै उम्मेदवार बनेका छन् । कोहीले खुलेरै दलीय पक्षधरता देखाएका छन् भने कोहीले तटस्थ ढंगले राजनीतिक अभिव्यक्ति दिइरहेका छन् ।
समानता एउटै छ- सबैलाई चुनावी गर्मीले छोएको पक्का छ ।
यो मेसोमा अभिनेता दयाहाङ राईले भने भोट माग्ने आधार के छ भन्दै चुनाव लडिरहेका दललाई प्रश्न गरेका छन् । चुनावको भाइब्स दिने (सम्भवतः कबड्डी ५ छायांकनको फोटो हुनसक्छ) लाई फेसबुकमा सेयर गर्दै दयाहाङले प्रश्न सोधेका हुन् ।
उनी लेख्छन्, ‘देशमा चुनाव आईराछ । मसँग एक भोट छ । यो भोट माग्ने तपाईंसँग आधार के छ ?’
कुनै दलीय पक्षधरता नदेखाउँदै मतदाताको रुपमा दयाहाङले दललाई प्रश्न सोधेका छन् । कलाकार धमाधम राजनीतिक दलतर्फ खुलिरहँदा राईले भने भोट माग्ने आधार खोजेका हुन् ।
उनको यो स्टाटसमा अनेकौं खाले प्रतिक्रिया आइरहेका छन् । कतिपयले कुनै उम्मेदवार र कतिपयले यो चुनाव चिन्हमा भोट हाल्नुपर्ने भन्दै दयाहाङलाई कमेन्टमार्फत आग्रह गरिरहेका छन् । सरकारले २१ फागुनलाई प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ ।
कामको कुरा गर्दा, दयाहाङले हालै ‘कबड्डी ५’ को छायांकन पूरा गरेका छन् । स्रोतका अनुसार, यो फिल्मलाई चुनाव पछि नै प्रदर्शनमा ल्याउने तयारी छ ।
प्रतिक्रिया 4