+
+
Shares

सुकुमवासी बस्तीमा डोजर चलेपछि असन्तुष्ट दयाहाङ : गरिबी पो लुकाउन सकिँदो रहेनछ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता दयाहाङ राईले खोला, नदी किनारका सुकुमवासी बस्तीमा डोजर लगाउने सरकारी कार्यप्रति घुमाउरो ढंगले असहमति व्यक्त गरेका छन्।
  • दयाहाङ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जस्तो कि ... यहाँ, सम्पति त लुकाउन सकिने रहेछ । गरिबी पो लुकाउन सकिँदो रहेनछ !!’
  • दयाहाङ राईले केही दिनअघि मिडिया अन्तर्वार्तामा सरकारले संवेदना गुमाएको आशयसहित धारणा राखेका थिए।

काठमाडौं । अभिनेता दयाहाङ राईले खोला, नदी किनारका सुकुमवासी बस्तीमा डोजर लगाउने सरकारी कार्यप्रति घुमाउरो ढंगले असहमति व्यक्त गरेका छन् ।

सामाजिक र राष्ट्रिय राजनीतिका मुद्दामा मौनप्रायः देखिने अभिनेता राईले यो घटनाक्रममा धारणा राखेका हुन् ।

सामाजिक सञ्जालमा राई लेख्छन्, ‘ जस्तो कि … यहाँ , सम्पति त लुकाउन सकिने रहेछ । गरिबी पो लुकाउन सकिँदो रहेनछ !!’ दयाहाङको यो अभिव्यक्ति अर्थपूर्ण देखिन्छ ।

उनको यो धारणालाई लिएर तीव्र प्रतिक्रिया व्यक्त भैरहेका छन् । केही दिनअघि एक मिडिया अन्तर्वार्तामा पनि राईले सरकारले संवेदना गुमाएको आशयसहित धारणा राखेका थिए ।

कामको कुरा गर्दा, दयाहाङ अभिनित फिल्म ‘मितज्यू’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?