+
+
Shares

४६ लागे दयाहाङ, जन्मदिनमा ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटक तथा फिल्म अभिनेता दयाहाङ राईले ४६ औं जन्मदिन ४६ जेठ २०७९ मा मनाउनुभएको छ।
  • उनको आगामी फिल्म ‘पेन्सन पट्टा’ २६ भदौ २०७९ देखि देशव्यापी प्रदर्शनमा आउने भएको छ।
  • निर्देशक माओत्से गुरुङले फस्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गर्नुभएको छ।

काठमाडौं । नाटक तथा फिल्म अभिनेता दयाहाङ राई मंगलबार ४६ औं जन्मदिन मनाउँदैछन् । ‘मेरो एउटा साथी छ’बाट घरेलु फिल्ममा डेब्यू गरेका राईले अहिलेसम्म ७० भन्दा धेरै फिल्ममा अभिनय गरेका छन् ।

फिल्ममा आउनुपूर्व घरेलु नाटकका चर्चित कलाकार हुन् । जन्मदिन अवसरमा उनको आगामी फिल्म ‘पेन्सन पट्टा’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले उनको पहिलो झलक पनि बाहिर ल्याएका छन् ।

यो फिल्म हिन्दू महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । भदौ २९ गते तीजको सार्वजनिक बिदा छ ।

निर्माता तथा निर्देशक माओत्से गुरुङले फस्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गरेका हुन् । नेपाली हाते कागजलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा दयाहाङ मात्र देखिएका छन् । उनी काँधमा झोला भिरेर कुनै यात्रामा निस्किन लागेका देखिन्छन् । उनको अनुहारमा देखिएको गम्भीरता, थकान र चिन्ताले संघर्षपूर्ण जीवनको झल्को दिन्छ ।

फिल्ममा दयाहाङसहित सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउचा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डिवी गुरुङ, प्रतिक्षा गुरुङको अभिनय छ ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ स्वयंले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ र सपना गुरुङ निर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?