+
+
Shares

वीरगञ्जमा उत्पन्न तनाव साम्य पार्न सद्भाव संयन्त्र

दाहालका अनुसार संयन्त्रणमा हिन्दुतर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिमतर्फबाट महमद महबुब अली शेरु र अली असगर मदनी रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १६:०२
फाइल तस्वीर

२२ पुस, काठमाडौं । वीरगञ्जमा धार्मिक एवं सामाजिक सद्भाव बिथोल्ने गतिविधि हुन नदिन स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ ।

मंगलबार बसेको सर्वपक्षीय एवं सर्वदलीय बैठकले भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि  सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने गरी संयन्त्र गठन गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

दाहालका अनुसार संयन्त्रणमा हिन्दुतर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिमतर्फबाट महमद महबुब अली शेरु र अली असगर मदनी रहेका छन् ।

यसैगरी अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने उनले बताए ।

बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन एवं आन्दोलन नगर्ने प्रतिबद्धता समेत जनाइएको छ । प्रदर्शन वा आन्दोलन गर्नुपूर्व पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापनपत्र पेस गर्न जोड दिने र त्यसपछि मात्रै आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

बैठकले धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह-आन्दोलनकारीलाई कानुनी दायरामा  ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय समेत गरेको छ ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण दुई दिनदेखि वीरगञ्ज अशान्त बन्दै आएको छ । दुई समुदायले प्रदर्शन जारी राखेका कारण सम्भावित घटनालाई मध्यनजर राखेर स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू समेत लगाएको छ ।

यसअघि मंगलबार साँझ ६ बजेसम्म लगाइएको कर्फ्यू आदेश समेत हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

हेर्नुहोस् सहमति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?