+
+
Shares

राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी

राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १८:२४

२३ पुस, काठमाडौं । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ ।

निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने तालिका छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान हुनेछ ।

आयोगका अनुसार बुधबार १८ पदमा ४४ जनाले दिए उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा छ । जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशबाट ३ सिटमा उम्मेदवारी दिएको छ भने एक सिटमा लोकतान्त्रिक समाजवादीबाट उम्मेदवार रहेका महन्थ ठाकुरलाई समर्थन गरेको छ ।

हेर्नुहोस् उम्मेदवारको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?