+
+
Shares

भेनेजुएलाले अब अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने ट्रम्पको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरीय तेल दिने दाबी गरेका छन्
  • ट्रम्पले ट्रुथ सोसलमा लेख्दै तेल बिक्रीबाट प्राप्त रकम आफ्नो नियन्त्रणमा रहने र भेनेजुएला तथा अमेरिकी नागरिकमा खर्च गरिने बताएका छन्।
  • ट्रम्पले आगामी १८ महिनाभित्र अमेरिकी तेल कम्पनी भेनेजुएलामा पूर्ण सक्रिय हुने र ठूलो लगानी भित्रिने उल्लेख गरेका छन्।

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने दाबी गरेका छन् ।

सैन्य हस्तक्षेप गरेर राष्ट्रपति निकोलस मदुरोलाई गिरफ्तार गरेपछि अब भेनेजुएला अमेरिकाले चलाउने घोषणा गरेका ट्रम्पले ५ करोड ब्यारेल तेल लिने बताएका हुन् ।

ट्रम्पले आफ्नै स्वामित्व सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै तेल बजारको भाउ अनुसार बिक्री गरिने र त्यसको मूल्य आफ्नो नियन्त्रणमा रहने बताए । तेल बिक्री गरेर प्राप्त पैसा भेनेजुएला र अमेरिकी नागरिकमा खर्च गरिने ट्रम्पको दाबी छ ।

यसअघि आगामी १८ महिनाभित्र भेनेजुएलामा अमेरिकी तेल कम्पनी पूर्ण सक्रिय हुने बताएका थिए ट्रम्पले । जसले भेनेजुएलामा ठूलो लगानी भित्रिने उनको तर्क थियो ।

विश्लेषकहरू भने भेनेजुएलामा तेल उत्पादन पहिलेकै स्तरमा पुर्‍याउन १०औं अर्ब डर लागत लाग्ने बताएका थिए । जसका लागि एक दशकसम्म समय लाग्ने विज्ञहरू बताउँछन् ।

ट्रम्पले के लेखेका छन् ?

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा मंगलबार अबेर लेखेका थिए– मलाई यो घोषणा गर्दै गर्दा खुसी लागिरहेको छ कि भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरीय तेल दिनेछ, जसमाथि प्रतिबन्ध थियो ।’

‘यो तेल चल्तीको बजारमा भाउमा बिक्री गरिदिनेछ र त्यसबाट प्राप्त हुने पैसा अमेरिकी राष्ट्रपति भएको नाताले मेरो नियन्त्रणमा रहनेछ ताकि यो सुनिश्चित गर्न सकिओस् त्यसको प्रयोग भेनेजुएला र अमेरिकी नागरिकको हितमा होस्,’ ट्रम्प थप लेखेका छन् ।

भेनेजुएलाकी तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको शपथ लिएपछि ट्रम्पको यस्तो भनाइ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?