+
+
Shares

सबैलाई एकताबद्ध गरेर लैजानेबारे छलफल जारी छ : धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १९:०६
फाइल तस्वीर

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकताबद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।

महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सबैलाई मिलाएर लैजानेबारेमा छलफल चलिरहेको उनको भनाइ छ । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै रहेको उनले सुनाए ।

उनले भने, ‘कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भएको छ । सबै कुरा मिलाएर लैजाने कुरा भएको छ । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो । पार्टीलाई झगडा हुने ठाउँमा नपुर्‍याऔँ । पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ । अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर जाने कुरामा आश गरौँ ।’

उपसभापति गुरुङले पार्टीमा गरेको त्याग र बलिदानलाई सम्झिएर एक हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?