+
+
Shares

धनराजको प्रस्ताव : ०४६ सालयता पदमा बसेका नेता-कर्मचारीको सम्पत्ति छानबिन पार्टीकै एजेन्डा बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १३:५२

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ०४६ सालयता लाभको पदमा पुगेका सबै नेता–कर्मचारीको सम्पत्ति छानबिन गर्न न्यायिक समिति गठन गर्ने प्रस्तावलाई पार्टीले एजेन्डा बनाएर जानुपर्ने प्रस्ताव पेश गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा उपसभापति गुरुङले सो प्रस्ताव पेश गरेका हुन् ।

बैठकमा उनले उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने विषय केन्द्रीय समितिको बैठकमा प्रस्तावका रुपमा ल्याउनुपर्ने बताएका हुन् ।

गुरुङले २०८० साल चैत २३ गते प्रतिनिधिसभामा पनि यो प्रस्ताव दर्ता गरेका थिए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि यो विषयले थप र्चा पाएको छ ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएपछि यो मुद्दा नेपाली पार्टीले नै एजेन्डा बनाएर लानुपर्ने तर्क गुरुङको छ ।

केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?