
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
शनिबार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरुले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरुको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उहाँले सो धारणा राखेका हुन् ।
‘यो सकारात्मक छ । किनभने युवाहरुलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरुलाई निश्चित कोटा छुट्टयाइएको छैन विधानमा । त्यो छुट्टयाउनु पर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ । त्यसकारण यो छुट्टयाउन आवश्यक छ,’ गुरुङले भने ।
उपसभापति गुरुङले पार्टीमा युवाहरूलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा युवाहरूलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पारे ।
‘युवा पंक्तिवाई इग्नोर गर्नु हुँदैन । युवाहरुको सहभागिताको लागि केन्द्रिय समिति सम्म तलदेखिमाथिसम्म निश्चित कोटानै छुट्टयाउनु पर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्टयाइएको छ । त्यसै अनुसार युवाहरुको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
उनीहरूको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाइ थियो ।
प्रतिक्रिया 4