+
+
Shares

विशेष पक्षले देउवासहित पदाधिकारीलाई आज पठाउँदैछ निम्तो

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज सभापित शेरबहादुर देउवासहित पदाधिकारीलाई कार्यक्रममा सहभागी हुनका लागि निम्तो पठाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १५:४१

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज सभापित शेरबहादुर देउवासहित पदाधिकारीलाई कार्यक्रममा सहभागी हुनका लागि निम्तो पठाउने भएको छ ।

विशेषका आह्वानकर्तामध्येका एक मनोजमणि आचार्यको हस्ताक्षरमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितलाई निमन्त्रणा पठाउन लागिएको हो ।

‘आज म(मनोजमणि आचार्य)को हस्ताक्षरमा पार्टी सभापति, कार्यवाहक सभापति, पदाधिकारीलगायत केन्द्रीय नेताहरू निमन्त्रणा पठाउँदै छौं। साँझ सम्म पठाइक्छौं,’ उनले भने, ‘भोलिसम्म पार्टीले अपनत्व लिएर आयोजना गरोस् भनेर पर्खिन्छौं ।’

भोलिसम्म पार्टीले अपनत्व नलिए आफैँ आयोजक बनेर महाधिवेशन सम्पन्न गर्ने विशेष पक्षधरको तयारी छ ।

उनले यो महाधिवेशनमा अन्य दललाई निमन्त्रणा नहुने पनि बताए ।
‘विशेष महाधिवेशन भएकाले प्रतिस्पर्धी अन्य दललाई निमन्त्रणा नगर्ने हामीले निर्णय गरेका छौं,’ उनले भने,’चार ठाउँबाट जुलुस निकालेर महाधिवेशन स्थल लैजान्छौं। कुपण्डोल, सुन्धारा, रत्नपार्क , बागबजारबाट जुलुस जान्छ ।’

पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म उद्घाटन सत्र हुने पनि उनको भनाइ छ ।
आचार्य महाधिवेशन व्यवस्थापन समितिका संयोजक हुन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?