२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष आग्रह गर्दै विभिन्न १७ भ्रातृ संगठनले संयुक्त अपिल गरेका छन् ।
५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेपछि पार्टीका १७ भ्रातृ संगठनले नियमित महाधिवेशन र फागुनको चुनावका लागि पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौँ,’ उनीहरूले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौं। नियमित महाधिवेशन को मिति वैशाख २८ गते देखि ३१ सम्मका लागि तोकिसकेको र फागुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्षकमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4