+
+
Shares

पार्टीको हरेक संरचनामा ४० वर्षमुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व गराउन माग

नेपाली कांग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तीमा ४० वर्षमुनिका युवाहरूको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न दबाब सुरु गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १९:३७
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तीमा ४० वर्षमुनिका युवाहरूले ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न दबाब सुरु गरेका छन् । पार्टी राजनीतिमा आबद्ध झापाका ४० मुनिका युवाहरूले मंगलबार भेला गर्दै दबाब दिएका हुन् ।
मिलन चापागाईंको संयोजनमा झापाको भेलाले अवधारणा पत्र नै पारित गरेको छ । पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको संयोजक चापागाईंले जानकारी दिए ।
अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध सङ्गठित खबरदारी गर्ने, पारदर्शीता र जवाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक विषयमा युवाहरूको साझा धारणा निर्माण गर्ने एजेन्डा समेत अवधारणा पत्रमा समेटिएको छ ।
भेलामा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्र देखिएका चुनौती, पुस्तान्तरणको आवश्यकता र युवाको भूमिकाबारे समेत छलफल गरिएको थियो ।
‘भेलाबाट पारित अवधारणा पत्र जिल्ला कार्यसमितिको तर्फबाट हामीले केन्द्रीय कार्यसमितिलाई बुझाउने तयारी गरेका छौँ,’ संयोजक चापागाईंले भने।
भेलामा सहभागी युवाहरूले पार्टीलाई अझ जीवन्त, समावेशी र प्रतिस्पर्धी बनाउन युवाको सहभागिता बढाउनुको विकल्प नरहेको विषयमा साझा धारणासमेत निर्माण गरेको चापागाईंले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?