News Summary
Generated by OK AI. Editorially reviewed.- सेन्टर फर एडमिनिस्ट्रेशन म्यानेजमेन्ट एन्ड डेभलपमेन्ट (कामाद) को अध्यक्षमा सह-न्यायाधिवक्ता कोषहरि निरौला निर्वाचित भएका छन्।
- कामादको २३औं साधारण सभाले निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
- संस्थाले सार्वजनिक प्रशासन क्षेत्रमा प्राज्ञिक काम र अधिकृतहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ।
२२ पुस, काठमाडौं । सेन्टर फर एडमिनिस्ट्रेशन म्यानेजमेन्ट एन्ड डेभलपमेन्ट (कामाद) को अध्यक्षमा सह-न्यायाधिवक्ता कोषहरि निरौला निर्वाचित भएका छन् ।
केही दिनअघि काठमाडौंमा आयोजित २३औं साधारण सभाले संस्थाको अध्यक्षमा नेपाल सरकारका सह-न्यायाधिवक्ता निरौलाको अध्यक्षतामा कामाद कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा फणिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला ,संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल,सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे,कोषाध्यक्षमा राजेन्द्र राज ओझा चयन भएका छन् ।
कामादको सदस्यमा क्रमश: दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोध कुमार शाह, निर्माण कुमार कार्की, मोहन बहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन भएका छन् ।
संस्थाका निवर्तमान अध्यक्ष डिल्ली शिवाकोटी सल्लाहकार रहनेछन् । ०५४ सालमा स्थापित यस संस्थामा उच्च पदस्थ निजामती कर्मचारीहरू रहेका छन् ।
यसले सार्वजनिक प्रशासनको क्षेत्रमा प्राज्ञिक काम गर्नुका साथै सेवामा रहेका अधिकृतहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
यसले प्रकाशित गर्दे आएको कामाद जर्नल सार्वजनिक प्रशासनको क्षेत्रमा उत्कृष्ट रोजाइमा पर्ने गरेको छ ।
प्रतिक्रिया 4