+
+
Shares

प्रधानमन्त्रीको दबाबपछि कुलमानले भने : राजीनामा समयमै दिन्छौँ

ऊर्जामन्त्री कुलमान घिसिङले समयमै राजीनामा दिने प्रतिक्रिया दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जामन्त्री कुलमान घिसिङले समय आएपछि पदबाट राजीनामा दिने प्रतिक्रिया दिएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँग आवद्ध मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएकी थिइन्।
  • कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको संरक्षक हुन् र राजनीतिक गतिविधिमा सक्रिय छन्।

२२ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले समयमै राजीनामा दिने प्रतिक्रिया दिएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँग आवद्ध भएका मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर जान निर्देशन दिएको विषयमा मंगलबार पत्रकारहरूले सोधेको प्रश्नमा घिसिङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘समय आएपछि दिन्छौँ ।’ त्यसपछि पत्रकारले सोधे- राजीनामा चाहिँ दिने नै हो ? सोधपछि उनले भने- हो ।

चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी थिइन् ।

सरकारमा सहभागी भएपछि कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरिएको थियो ।

अध्यक्ष अनुपकुमार उपाध्याय रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेको छ । दलका बैठक र राजनीतिक कार्यक्रममा भने घिसिङ प्रत्यक्ष सहभागी हुँदै आएका छन् ।

निर्दलीय भनिएको चुनावी सरकारका मन्त्री नै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेको भन्दै आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?