२२ पुस, काठमाडौं । विशेष महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपको शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ ।
विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेको छ । जसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन सो पक्षले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार पत्र लेखेको हो ।
‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही मिति २०८२/०९/२७ र २८ गते भृकुटीमण्डप, काठमाडौमा हुने भएको हुँदा उक्त स्थान असपास तथा काठमाडौं क्षेत्रभित्रमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाइ दिन हुन अनुरोध छ,’ विशेष महाधिवेशन पक्षधरको सचिवालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखेको पत्रमा उल्लेख छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4