+
+
Shares

महानगरसहित काठमाडौंका ७ क्षेत्रीय सभापति विशेष महाधिवेशनको विपक्षमा

नेपाली कांग्रेस काठमाडौंका सात क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १६:५१

२५ पुस, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सात क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् ।

विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्‍याइरहेका बेला काठमाडौंका १० मध्ये सात क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा उभिएका हुन् ।

यस्तै काठमाडौं महानगरपालिका कार्यसमितिका सभापति नीलकाजी शाक्य पनि नियमित महाधिवेशनको पक्ष खुलेका छन् ।

शाक्यसँगै सात क्षेत्रीय सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन पार्टी हितमा नरहेको बताएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा काठमाडौं–२ का सभापति कबीर शर्मा, ५ का सभापति श्यामबहादुर खड्का, ६ का सभापति श्यामकृष्ण खड्गी, ७ का कावा सभापति नविन मानन्धर, ८ का सभापति राजेश श्रेष्ठ, ९ का सभापति जयकृष्ण महर्जन, १० का सभापति पुकार महर्जन र काठमाडौं महानगर सभापति निलकाजी शाक्य रहेका छन् ।

काठमाडौं–१, ३ र ४ का क्षेत्रीय सभापतिहरू भने २७ पुसमा उद्घाटन हुन गइरहेको विशेष महाधिवेशनको पक्षमा छन् ।

काठमाडौं महानगरसँगै सात क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा
२५ पुस, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सात क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा उभिएको छन् ।

विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पु¥याइरहेका बेला काठमाडौंका १० मध्ये सात क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा उभिएका हुन् ।

यस्तै काठमाडौं महानगरपालिका कार्यसमितिका सभापति नीलकाजी शाक्य पनि नियमित महाधिवेशनको पक्ष खुलेका छन् ।

शाक्यसँगै सात क्षेत्रीय सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन पार्टी हितमा नरहेको बताएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा काठमाडौं–२ का सभापति कबीर शर्मा, ५ का सभापति श्यामबहादुर खड्का, ६ का सभापति श्यामकृष्ण खड्गी, ७ का कावा सभापति नविन मानन्धर, ८ का सभापति राजेश श्रेष्ठ, ९ का सभापति जयकृष्ण महर्जन, १० का सभापति पुकार महर्जन र काठमाडौं महानगर सभापति निलकाजी शाक्य रहेका छन् ।

काठमाडौं–१, ३ र ४ का क्षेत्रीय सभापतिहरू भने २७ पुसमा उद्घाटन हुन गइरहेको विशेष महाधिवेशनको पक्षमा छन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?