२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन् ।
‘कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ’ उनले भने, ‘नेपाली कांग्रेसले विगत सम्झिएन भने आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन । नीतिगत वा संकल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने हो ।’
पार्टी नेतृत्वले जेनजी आन्दोलनको मनोभावना सम्बोधन गर्न नसकेको उनको गुनासो छ । उनले भने, ‘जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा थप उत्साह थपिन्थ्यो, त्यसैले विशेष महाधिवेशन बोलाउनुपर्थ्यो । भेरिफाइड नभए पनि ५४ प्रतिशत साथीहरूले सिफारिस गरेपछि सेन्ट्रल कमिटीले यसलाई ग्रहण गर्नुपर्नेथियो ।’
उनले विशेष महाधिवेशन पक्षधरको कुरालाई नजरअन्दाज गरिएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया 4