+
+
Shares

विशेष महाधिवेशनमा देउवा पनि सहभागी हुनुपर्छ : चन्द्र भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैं सहभागी हुनुपर्ने बताएका छन्।
  • पुस २७ र २८ गते हुने महाधिवेशनमा ७७ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी हुने र सबै नेताहरू त्यसमा सहभागी हुने विश्वास व्यक्त गरिएको छ।
  • भण्डारीले कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने बताए र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गरे।

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैं सहभागी हुनुपर्ने बताएका छन् ।

शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उनी सहभागी हुनुपर्ने बताएका हुन् ।

भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएकाले सबै नेताहरू त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरे ।

‘७७ वटै जिल्लाका साथीहरू हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन् । नेपाली काँग्रेसका हुन । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरूलाई पनि हामीले मिलाएर लिएर जान्छौं । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो,’ उनले भने ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?