+
+
Shares

चन्द्र भण्डारीको प्रश्न- त्रिवि किन सधैं बन्द ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १६:२३

८ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय पटकपटक बन्द हुने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताए ।

पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारतिर पाठ्यक्रम बनाउन ढिला गर्न नहुने उनले बताए ।

‘सरकार छ, मन्त्रालयहरू छन्, विज्ञहरू छन् । त्रिभुवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ ? किन सरकारले खोल्न सक्दैन ? विश्वविद्यालयले नयाँ कार्यक्रमहरू ल्याउन सक्दैन ?,’ भण्डारीले प्रश्न गरे ।

विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको बताउँदै उनले जिम्मेवार र कर्तव्यहिन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गरे ।

‘हाम्रा विद्यार्थीहरूले फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषयहरू पढ्न चाहन्छ । हामी त्यस्ता कार्यक्रमहरू किन ल्याउन सक्दैनौं ?,’ उनले भने, ‘सरकारले यसको बारेमा किन काम गर्दैन ? यो आजको सबैभन्दा ठूलो सवाल हो । यहाँ सबै युवाहरू पलायन हुन भनेर दलालहरूसँग मिलेर कुनै पनि कार्यक्रमहरू ल्याइँदैनन् ।’

उनले सबै प्रकारको पेसामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउन अवस्था अन्त्य गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?