+
+
Shares

राजनीतिक नियुक्तिवालालाई पद छाड्न चन्द्र भण्डारीको सुझाव

‘हटायो भन्ने शब्द आउन किन दिने ? नयाँका नजिर बन्न सक्दछ,’ उनले अगाडि लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १६:४१

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक नियुक्ति पाएकाहरूलाई नयाँ सरकारले हटाउनुअघि नै पद छाड्न सुझाव दिएका छन् । बुधबार फेसबुकमार्फत भण्डारीले जनताले पत्याएको बहुमतको सरकार बनिसकेकाले पद छाडेर स्वाभिमानी बन्न सुझाव दिएका हुन् ।

‘बहुमतको सरकार बनिरहेको छ । जोस र जाँगर छ । जनताले पत्याइसकेका छन्,’ भण्डारीले भनेका छन्, ‘विगतमा राजनैतिक नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि ।’

अब धेरै लामो सास नफेर्न पनि उनले सुझाव दिएका छन् । ‘अब लामो सास नफेर । सल्लाह पनि नखोज । ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयाँका नजिर बन्न सक्दछ,’ उनले अगाडि लेखेका छन् ।

‘स्वाभिमान’ दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बढाएको कर्तुत नभएको उनले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?