२२ फागुन, गुल्मी । गुल्मी क्षेत्र नम्बर-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकालले अग्रता लिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारभन्दा उनी दोब्बर मतले अगाडि छन् ।
सार्वजनिक मतपरिणाम अनुसार ढकालले २ हजार ५१६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका प्रदीप ज्ञवाली ले १ हजार १०३ मत ल्याउँदै ढकाललाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी तेस्रो स्थानमा छन् । भण्डारीले १ हजार २८ मत पाएका छन् ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदर्शन बरालले ६९६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4