+
+
Shares

मोरङ-४ : कांग्रेस महामन्त्री घिमिरे १० हजार मतले पछाडि, रास्वपाका राजवंशीको अग्रता

कांग्रेस महामन्त्री घिमिरे दोस्रो स्थानमा समेत छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १६:१५

२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे १० हजारभन्दा बढी मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता कायम गरिरहेका छन् ।

राजवंशीले १४ हजार ७१९ मत प्राप्त गरेका छन् । कांग्रेस महामन्त्री घिमिरे दोस्रो स्थानमा समेत छैनन् । रास्वपाका राजवंशीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार अमनलाल मोदीले ४ हजार ३०१ मतसहित पछ्याइरहँदा घिमिरेले ४ हजार २१६ मत मात्रै पाएका छन् ।

यस्तै नेकपा एमाले उम्मेदवार जीवन घिमिरे २ हजार ६६३ मतका साथ चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?