+
+
Shares

सत्ता सञ्चालन गर्न जानेनौं, स्वार्थी भयौं : चन्द्र भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १७:४५

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता सञ्चालनमा चुक्दा राजनीतिक दलहरू असफल भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसको इतिहासमा हामीले नेपाली जनतालाई मौलिक अधिकार दिलायौं । पटक-पटक प्रजातन्त्रका लागि लड्यौं । हामी सफल पनि भयौं । तर, कहाँ चुक्यौंभन्दा हामीले सत्ता सञ्चालन गर्न जानेनौं ।’

स्वार्थी, लोभी भएर आफू बलियो हुन खोज्दा असफल भएको उनले बताए ।

अहिलेको समस्या समाधान नगरिकन युवा पुस्ताको हातमा शक्ति आउँछ भन्ने कल्पना नगर्दा हुने उनको तर्क छ ।

उनले अगाडि भने, ‘व्यक्ति परिवर्तन हुँला, प्रवृत्ति परिवर्तन हुँदैन। प्रवृत्ति परिवर्तन नभइकन मुलुक बलियो पनि हुँदैन । प्रजातन्त्र बलियो हुँदैन । पार्टी पनि बलियो हुँदैन । यो अहिलेसम्मको निष्कर्ष हो । योभन्दा बढी धेरै नगर्नु होला ।’

देश संकटमा रहेको भन्दै उनले देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने देशले धान्न नसक्ने बताए ।

उनले भने, ‘बीपीले त्यतिबेलै भन्नु भएको थियो । हामीले युवालाई साथ दिएनौं भने युवाले पनि हामीलाई साथ दिंदैन । यदि देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने हामीले धान्न सक्दैनौं । बीपीले त्यतिबेलै भन्नु भएको थियो । अहिले बीपीका कुरा गर्ने तर बीपीको आचरण नगर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?