+
+
Shares

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ)

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:२५

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुन लागेको हो । आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ ।

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।

र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्‍याली निकाल्न सुरु गरेका छन् । ठाउँठाउँबाट निस्किएको र्‍याली भृकुटीमण्डतर्फ अघि बढीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?