+
+
Shares

विशेष महाधिवेशनमा सभापति र कार्यवाहकको सिट खाली छ: मधु आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको उद्घाटन सत्रको मञ्चमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काका लागि सिट खाली राखिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १७:२२

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको उद्घाटन सत्रको मञ्चमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काका लागि सिट खाली राखिएको बताए ।

उनले दुवै नेताका लागि सिट खाली रहेको बताउँदै उनीहरूलाई पनि सम्बोधन गरे ।

‘यो विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिको सिट पनि खाली छ,’ उनले भने । उनले विशेष महाधिवेशन हुँदा पार्टी फुट्छ भन्नेहरूप्रति कटाक्ष गरे ।

‘पार्टी फुट्छ रे, चुनाव प्रभाव पर्छ रे,’ उनले भने, ‘यसले बरु राम्रो सन्देश दिन्छ । यो चुनावको तयारी पनि हो । पुसमा एकताको भाइब्रेसन पनि छ । सभापित र कार्यवाहक सभापतिले यसलाई बुझ्नुहुनेछ भन्नेमा उहाँहरूको सहयोग हुन्छ भनेनेमा विश्वास व्यक्त गर्दछु ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?