+
+
Shares

४९ प्रतिशतले गरिसके कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढीले हस्ताक्षर गरिसकेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १६:०९

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिए ।

कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि  छन् । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।

तीन महिनाअघि उनीहरूले मागेको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेषल महाधिवेशन आह्वान गरेका हुन् । सोहीअनुसार आज भृकुटीमण्डपमा उद्घान सत्र जारी छ ।

उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । महाधिवेशन भोलिसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?