News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा उदयपुरले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचनतर्फ १८ जनाको नाम सिफारिस गरेको छ।
- निर्वाचन क्षेत्र नम्बर १ बाट १० जना र नम्बर २ बाट ८ जनाको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छ।
- जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीलाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ र अन्तिम निर्णय केन्द्रीय समितिले गर्नेछ।
२८ पुस, उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचनतर्फ उदयपुरबाट १८ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको उम्मेदवार सिफारिस कार्यदलले जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १८ उम्मेदवारहरूको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।
कार्यदलका सदस्य द्रोण प्रसाद पौडेलका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट १० जना र निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जनाको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं १ बाट सिफारिस हुने उम्मेदवारहरुमा अर्जुन तिमल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट सिफारिस हुने उम्मेदवारहरुमा एविराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहाल छन् ।
पार्टीका अनुसार जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीलाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ ।
नेकपा उदयपुरले उम्मेदवार सिफारिस प्रक्रियामा समावेशिता, संगठन सुदृढीकरण र जनसमर्थनलाई मुख्य आधार बनाएको कार्यदल सदस्य पौडेलको दाबी छ ।
सिफारिस गरिएका नाममध्येबाट अन्तिम उम्मेदवार पार्टी केन्द्रीय समितिको निर्णयपछि टुंगो लाग्ने बताइएको छ ।
प्रतिक्रिया 4