+
+
Shares

नरहरि आचार्यको सुझाव : देउवाले अब जिम्मेवारी सुम्पिनैपर्छ

फागुन २१ गतेका लागि घोषित आमनिर्वाचनमा कांग्रेसको नयाँ नेतृत्वले नयाँ नीति र कार्यक्रमका साथ एकताबद्ध भएर भाग लिओस् र सफलता पाओस् भन्ने कामना सम्पूर्ण कांग्रेसजनले गर्नुपर्ने उनको निष्कर्ष छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता नरहरि आचार्यले सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक भएर नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पन सुझाव दिएका छन्।
  • कांग्रेस विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने र ५० प्रतिशतभन्दा बढीको उपस्थिति हुँदा त्यो पूर्ण मानिने प्रावधान छ।
  • आचार्यले कांग्रेस अहिले अन्योलग्रस्त देखिएको र फागुन २१ को आमनिर्वाचनमा नयाँ नेतृत्वले एकताबद्ध भएर भाग लिनुपर्ने बताए।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो जिम्मेवारी सुम्पेर अभिभावकको भूमिकामा बस्न सुझाव दिएका छन् ।

विशेष महाधिवेशनको अवसर पारेर आइतबार आचार्यले यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘सभापति देउवा अब पार्टीको अभिभावकमा रहेर नयाँ सभापति वा नेतृत्वलाई जिम्मेवारी सुम्पन यो अवसर पनि हो । आशा छ, सभापति देउवाले निष्पक्ष रूपमा यो अवसरको सदुपयोग गर्नु हुनेछ ।’

पार्टी विधान अनुसार सभापतिदेखि कार्यसमितिको चार वर्षे पदावधी यही पुस मसान्तमा सकिने स्मरण गराउँदै आचार्यले वर्तमान सभापतिलाई अभिभावकको भूमिका बस्न सुझाव दिएका हुन् ।

४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनै पर्ने र ५० प्रतिशतभन्दा बढीको उपस्थिति भएमा त्यसले पूर्णता पाउने कांग्रेस विधानको प्रावधानको उनले स्मरण गराएका छन् ।

कानुनमन्त्री रहिसकेका आचार्यले भनेका छन्, ‘केही गरी केन्द्रीय कार्यसमिति विशेष महाधिवेशन बोलाउन तयार भएन भने ५० प्रतिशतभन्दा बढी विशेष महाधिवेशन प्रतिनिधिले निर्णय गरेमा त्यो पूर्ण वैधानिक हुनेछ । तर ५० प्रतिशतभन्दा कमको उपस्थिति भएमा त्यो अधिवेशन नभएर भेलाका रूपमा परिणत हुनेछ । यही कार्यविधिभित्र रहेर विशेष अधिवेशन हुन्छ ।’

नेपालको क्रियाशील पार्टीहरू मध्ये सबैभन्दा पुरानो दल कांग्रेस अन्योलग्रस्त देखिएको उनको विश्लेषण छ । ‘कांग्रेसले इतिहासमा भएका उथलपुथलमा सबैभन्दा अगाडी सरेर भूमिका निर्वाह गर्दै आएको छ’ आचार्यले भनेका छन्, ‘अहिलेको अर्थात् २०८२ को उथलपुथलमा भने नेपाली कांग्रेस केही अन्योलग्रस्त देखिन्छ ।’

फागुन २१ गतेका लागि घोषित आमनिर्वाचनमा कांग्रेसको नयाँ नेतृत्वले नयाँ नीति र कार्यक्रमका साथ एकताबद्ध भएर भाग लिओस् र सफलता पाओस् भन्ने कामना सम्पूर्ण कांग्रेसजनले गर्नुपर्ने उनको निष्कर्ष छ ।

भृकुटी मण्डपमा जारी विशेष महाधिवेशनलाई घरैबाट नियालिरहेका आचार्य भन्छन्, ‘कांग्रेसको इतिहासमा करिब ६८ वर्षपछि द्वन्द्वका बीच हुन लागेको विशेष अधिवेशनले के गर्छ र कसरी गर्छ ? भन्ने उत्सुकता बाँकी नै छ ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?