२७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको पछिल्लो समस्या समाधानका लागि पृथ्वीपथको मात्रै विकल्प भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित चियापान समारोहपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘नेपालको अहिलेको जे अवस्था छ त्यो परिस्थितिमा पृथ्वीपथ सबैभन्दा एकमात्रै समाधान हो । अर्थतन्त्र, परराष्ट्र नीति, लोकतन्त्र सबै हिसाबले पृथ्वीनारायण शाहको दिव्यपदोश नै समस्याको समाधान हो । देशमा नविन समझदारी भनेको नै पृथ्वीपथ नै हो,’ लिङ्देनले भने ।
साथै, उनले पृथ्वी नारायण शाह एक राजामात्रै नभएको बताए ।
‘आजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सहभागी सहयोगी आयोजनामा लाग्ने सबैमा आभार,’ उनले भनेका छन्, ‘पृथ्वी नारायण शाह एक राजा मात्रै होइन, चिरकालसम्म आफूले निर्माण गरेको देश कसरी चल्नुपर्छ भन्ने फिलोसोफि बोकेको नेता हुन् ।’
प्रतिक्रिया 4