२३ पुस, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
ललितपुरको लुभुलामाटारसिथित लिङ्देन निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा निर्वाचनबारे छलफल भएको सञ्चारमन्त्री खरेलले बताए ।
मन्त्री खरेलका अनुसार राप्रपा निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ ।
निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4