+
+
Shares

रवि-बालेन सम्झौतापछि सञ्चारमन्त्री खरेल भन्छन्- समृद्ध नेपालको गन्तव्य तय हुँदैछ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ९:१९

१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।  उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’

लामो समय पत्रकारितामा सक्रिय खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए । अब सक्रिय राजनीतिमा आउने तयारीमा रहेको उनी निकट स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?