काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । उनीहरूबीच बिहान १० बजेदेखि भेटवार्ता जारी छ ।
खरेलले देउवालाई भेटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ ।
खरेलको सचिवालयका अनुसार उनी बिहान ११ बजे ओलीलाई भेट्न गुण्डु पुग्नेछन् । त्यसपछि खरेल प्रचण्डलाई भेट्न १२ बजे पुग्नेछन् ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4