+
+
Shares

देउवालाई सुनिल शर्माले भने- रोइलो छाडेर बन्दसत्र उद्घाटनमा आउनुस्

‘शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा सभापति देउवालाई उद्घाटन गर्न भृकुटीमण्डपमा आउन अनुरोध गर्नुभयो।
  • शर्माले सभापति देउवालाई उमेरका कारण अब अघि नबढ्न र भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउन आग्रह गर्नुभयो।
  • उनले पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समान्य छलफल गर्न नसक्नु बिडम्बना भएको र मध्यमार्गी विचारमा विश्वास गरेको बताउनुभयो।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उमेरका कारणले पनि अब अघि नबढ्न सभापति देउवालाई उनको आग्रह थियो ।

‘शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन्, ‘अब तपाईंलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईंलाई सभापति बनायो, पटकपटक तपाईंहरूलाई सत्तामा पुर्‍यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।

‘हेर्नुस यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौं । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो,’ उनले भनेका छन् ।

पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत समान्य छलफल गराउन नसक्नु बिडम्बना भएको तर्क गरे ।

‘नेपाली जनताले राम्रोसँग दुई छाक भात खान पाओस्, उपचार र शिक्षा पाओस् भनेर हाम्रा अग्रज लड्नुभयो । वर्षौंसम्म पञ्चायत र राणाहरूका विरुद्धमा लड्नुभयो,’ उनले भने, ‘हाम्रो पार्टीले न्युनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर, ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य हलमा छलफल गराउने समेत आँट गर्न सकेन । भन्नुस् त यो बिडम्बडा हो कि होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?