+
+
Shares

परिक्रमावादीको होइन, पराक्रमवादीको कांग्रेस बनाऔं : अर्जुननरसिंह केसी

मुलुक भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनले महाधिवेशनले भ्रष्टाचारविरुद्ध विशेष प्रस्ताव पारित गरोस् भन्ने सुझाव दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १७:३४

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई पराक्रमवादीहरूको बनाउनु पर्ने बताएका छन् ।

‘अब परिक्रमावादीहरूको कांग्रेस होइन, पराक्रमवादीको कांग्रेस बनाउनुपर्नेछ,’ कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने ।

मुलुक भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनले महाधिवेशनले भ्रष्टाचारविरुद्ध विशेष प्रस्ताव पारित गरोस् भन्ने सुझाव दिए ।

उनले अहिलेसम्म सार्वजनिक पदमा बसेका सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने, पाँच सय र एक हजारका नोट प्रतिस्थापन गर्नु पर्ने धारणा पनि राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?