+
+
Shares

नेपाल जूलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते २१:०७

२७ पुस, बुटवल । नेपाल जूलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् ।

जूलोजिकल सोसाइटीको दोस्रो राष्ट्रिय सम्मेलन अन्तर्गत बुटवलमा सम्पन्न १३औं साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जूलोजिकल सोसाइटी प्राणी शास्त्रमा स्नातकोत्तरदेखि विद्यावारिधि गरेका प्राज्ञिकहरूको साझा संस्था हो ।

सोसाइटीको उपाध्यक्षमा राजेन्द्र सुवाल, महासचिवमा डा. विष्णुप्रसाद भट्टराई, सचिवमा बाबुराम बन्जाडे र कोषाध्यक्षमा डा. पूजा जैसवाल निर्वाचित भएकी छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा डा. रमा मिश्र, डा. दीपक गुप्ता, माया उपाध्याय, शालिकराम अधिकारी, डा.जगन्नाथ अधिकारी, डा. राजेन्द्र बस्यौला, गंगा शाह, चेतराज भट्ट र कमलकुमार शर्मा निर्वाचित भएका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुनेछ ।

सोसाइटीका नवनिर्वाचित अध्यक्ष डा. शर्माले सरकारी निकायहरूमा जूलोजिष्टहरूको नियुक्ति र सहभागिता न्यून रहेकाले बढाउन नीतिगत पहल गर्ने, प्रदेशस्तरमा जैविक विविधता, माछादेखि हात्तीसम्मका प्रजातिका प्राणीको तथ्यांक संकलन र अनुसन्धान, बाँदर लगायत कतिपय वन्यजन्तुका कारण बालीनालीमा वर्षेनी करोडौं क्षति भएकाले बाँदरको संख्या नियन्त्रण लगायत विषयमा सरकारलाई सुझाव दिने बताए ।

दुईदिने राष्ट्रिय सम्मेलनकै अवसरमा नेपाल जूलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको पनि साधारणसभा भएको छ । साधारणसभाले कमलकुमार शर्मा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा अमर केसी, महासचिवमा श्रीराम न्यौपाने, कोषाध्यक्षमा कमला खत्री, सचिव अब्दुल हाकिम खान निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा नारायण बराल, बुद्धिराम ओली, आदेश ओली, शिवराज न्यौपाने, दीपा शर्मा र विशाल आचार्य निर्वाचित भएका अध्यक्ष शर्माले जानकारी दिए ।

संस्थामा देशभरबाट तीनसय जूलोजिस्टहरू आवद्ध रहेको सोसाइटीले जनाएको छ ।

राष्ट्रिय सम्मेलनमा डा. कुमार सापकोटा, डा. चन्द्रमणि शर्मा, डा. पुष्पराज आचार्य, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्‌का कार्यकारी प्रमुख रामु जोशी लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?