+
+
Shares

अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा मैले राखेको हैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता अर्जुननरसिंह केसीको नाम समानुपातिक सूचीमा राख्नुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता अर्जुननरसिंह केसीको नाम समानुपातिक सूचीमा राख्नुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन्।
  • थापाले आफ्नो चाहनाविपरीत उक्त निर्णय गरिएको र 'मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो' भनेका छन्।
  • उनले केसीसँग आफू महामन्त्रीमा चुनाव भिडेको र समानुपातिक प्रणाली रोज्ने विषयमा मत भिन्नता रहेको पनि बताएका छन्।

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता अर्जुननरसिंह केसीको नाम समानुपातिक सूचीमा राख्नुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो चाहनाविपरीत उक्त निर्णय गरिएको बताएका हुन् ।

‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ,’ उनले भनेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो ।’

पार्टीको राजनीतिमा केसीसँग आफू महामन्त्रीमा चुनाव भिडेको भन्दै उनले यसपटक अग्रज नेतालाई समानुपातिक प्रणाली रोज्ने विषयमा आफ्नो मत भिन्नता रहेको पनि बताएका छन् ।

‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्,’ उनले अगाडि लेखेका छन्, ‘जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?