+
+
Shares

कम्प्युटर विज्ञान पदको परीक्षा स्थगितको माग राखेर अनशन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १४:०६

१५ पुस, काठमाडौं । कम्प्युटर विज्ञान पदको परीक्षा स्थगितको माग राखेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन सुरु गरिएको छ ।

कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परीक्षा स्थगित गर्नुपर्ने माग राखेर विद्यार्थी एसोसियन कम्प्युटर साइन्सका सचिव केशव बानियाँ अनशनमा बसेका हुन् ।

उम्मेदवारी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवाहरूको शैक्षिक योग्यता विषय समितिको निर्णयअनुसार जाँच गरी अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनुपर्ने र त्यसपश्चात मात्र परीक्षाको मिति तय गरिनुपर्ने माग राखेर त्रिविमा आन्दोलन गर्दै आएका छन् ।

कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसियन कम्प्युटर साइन्सले त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा तालाबन्दीसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?