काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडा जिल्लामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
सल्ट–भिकियासैंण क्षेत्रमा मंगलबार बिहान भएको सडक दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
द्वाराहाटबाट रामनगर जाँदै गरेको बस खेलापानी नामक स्थानमा दुर्घटनामा परेको अल्मोडा जिल्लाका आपदा प्रबन्धन अधिकारी विनीत पालले जानकारी दिए । बस सडकदेखि १५० मिटर मुनि खसेको थियो ।
उनका अनुसार बसमा १९ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4