१५ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा माओवादी केन्द्र पृष्ठ भूमिका दुई विद्यार्थी नेता समेटिएका छन् ।
समानुपातिक तर्फको बन्द सूचीमा विद्याथी नेता अभिमन्यु यादव र नेतृ पञ्चा सिंह समेटिएका हुन् ।
मधेशी क्लस्टरअन्तर्गत यादवलाई उम्मेदवार बनाएको हो । अखिल क्रान्तिकारी अध्यक्ष सिंहको नाम खस आर्य कोटामा समावेश छ ।
विराटनगरमा रहेर विद्यार्थी राजनीति गरिरहेका यादव तत्कालीन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) को निर्वाचित केन्द्रीय उपाध्यक्ष हुन् । सिंह पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4