+
+
Shares

प्रतिनिधिसभा चुनाव : स्याङ्जा–२ मा नेकपाबाट मदन ढकाल सहित ८ सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १३:४०

१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट स्याङ्जा –२ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरिएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकाल सहित आठ जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको हो । अन्य सिफारिस भएका आकांक्षीहरूमा शैलेन्द्र घिमिरे, लोकेन्द्र तराङ, मेघनाथ चापागाईं, पदम विक, तेजु सुवेदी, हरिमोहन भण्डारी र शिव भट्टराई छन् ।

यस क्षेत्रबाट समानुपातिक उम्मेदवारमा ९ जनाको नाम सिफारिस गरिएको छ । ताज महम्मद मियाँ, गिरीधारी कोइराला, कल्पना अर्याल, रुकवीर विक, बसर अलि मियाँ, लक्ष्मी राना, बुद्धिसागर भट्टराई, सुशिला कुँवर र भरतदेव पंगेनीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?