+
+
Shares

मोरङमा नेकपा उम्मेदवार सिफारिस : दुई क्षेत्रमा एकल, प्रचण्डका ज्वाइँ ६ नम्बर क्षेत्रबाट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २१:२०

९ पुस, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले मोरङका दुई क्षेत्रबाट एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर ४ र ५ बाट एकल उम्मेदवारको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ६ बाट संयोजक पुष्पकमल दाहल प्रचण्डका ज्वाइँ जीवन आचार्यको नाम पनि सिफारिस भएको छ । केन्द्रीय समितिले एक महिला र एक जेनजीसहित पाँच जनाको नाम सिफारिस परिपत्र गरेको थियो ।

क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीको एकल नाम सिफारिस भएको हो । पूर्वमन्त्री मोदी २०७९ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोदीको नाम क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएको छ । क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको छ । पूर्वमन्त्री मण्डल २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र सांसद योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ६ बाट प्रदेश सांसद तथा प्रदेशका पूर्वमन्त्री जीवन आचार्यसहित अमनलाल मोदी,वसिम आलम, ओपेन्द्र राय, प्रभात घिमिरे, हेम कार्की, सोनेलाल राजवंशी, मो. आलम प्रवेज, अंकिता आले र साइमन रेग्मीको नाम सिफारिस भएको छ । आले जेनजी हुन् । क्षेत्र नम्बर ६(१)बाट निर्वाचित नेकपा नेता आचार्य नेकपा संयोजक प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ क्षेत्र कुलप्रसाद साम्बा,उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कोशीश सुवेदी (जेनजी), कल्पना राई, विरन्द्र चेञ्जोड, नगेन्द्र धिमाल, राजेन्द्र दंगाल र दिपक काफ्लेको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल (अविनाश), पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल भण्डारी (जेनजी) को नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ सावित्रीकुमार काफ्ले, देउमान सुव्बाहाङ्फे, चन्द्रबहादुर गुरुङ, लालबहादुर सुस्लिङ, सन्तोष लिम्बु (जेनजी)र चन्द्रकला सुब्बाको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?