News Summary
Generated by OK AI. Editorially reviewed.- नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन्।
- रावलले ओली र देउवाको दाम्पत्यले केही दिनअगाडि सत्ता उल्ट्याउन गोप्य बैठक बसेको र ओलीले हेलिकप्टरमा भाग्नु परेको बताए।
- उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार नहुँदा चिन्ता व्यक्त गर्दै यार्सागुम्बा र जडीबुटीको सदुपयोग र बजारीकरण हुन नसकेको बताए।
२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिवार आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले ओली र देउवा दाम्पत्यले केही दिन अगाडि सत्ता उल्ट्याउन गोप्य बैठक बसेको बताएका हुन् ।
तोपले पनि सरकार ढल्दैन भन्ने ओली हेलिकप्टरमा भाग्नु परेको र आफ्नै निवासमा रगत बगाएका देउवा अझै पनि नसुध्रिएको उनको ठहर छ ।
‘मलाई लागेको थियो उहाँको दाम्पत्यले रगतबाट शिक्षा लिनुहुनेछ । चेत फर्किने छ’ उनले भने, ‘सुध्रेलान् भनेको त केही दिन अगाडी देउवा र ओली दम्पती त पुरानै सत्ताको घृणित खेल खेल्न गोप्य बैठक पो गरेछन् ।’
उनले देउवाको काँच चढेर पहाड जस्तै बलियो सरकार बनाएको दम्भ देखाउने ओली सरकारलाई नव युवाको एउटा आवाजले घुँडा टेकाएको बताए ।
‘सुशासन देऊ, भ्रष्टाचारीलाई कारबाही गर भन्ने युवाको माग सम्बोधन गर्नुको साटो उल्टै उनीहरूमाथि दमन गर्ने,’ नेता रावलले भने, ‘देशमा अशान्ति भयो, जनता असुरक्षित भए, त्यसपछि हेलिकप्टर चढेर भाग्ने ? उसकै ठुला कुरा ।’
ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीले अझै आफू शक्तिशाली हुँ भन्न लाज मान्नु पर्ने अवस्था रहेको बताए । रावलले सङ्कटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न समेत आग्रह गरे ।
नेता रावलले आफ्नो सम्बोधनका क्रममा कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याऊ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको बताए ।
प्रतिक्रिया 4