Listen News
२७ मंसिर, काठमाडौं । भारत भ्रमणमा आएका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीका फ्यानहरूले कोलकाताको स्टेडियम तोडफोड गरेका छन् ।
ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) टुरअन्तर्गत शनिबार कोलकातामा आयोजित एक समारोहमा सहभागी मेसी हेर्न पुगेका फ्यानहरूले साल्ट लेक स्टेडियम तोडफोड गरेका हुन् ।
मेसी सामारोहबाट बाहिरिए लगत्तै उनलाई हेर्न नपाइएको भन्दै फ्यानहरूले स्टेडियममा तोडफोड गरेको बीबीसीले जनाएको छ ।
उनीहरूले ‘खराब व्यवस्थाका कारण’ मेसीलाई आफूहरूले हेर्न नपाएको गुनासो गरेका छन् ।
स्टेडियममा फ्यानहरूले कुर्सी र बोतल फ्याकेका र तोडफोड गरेका तस्वीरहरू सामाजिक सञ्जालमा देखिएका छन् ।
तोडफोडमा उत्रिएकाहरूले खराब व्यवस्थाका कारण आफूहरूले मेसीलाई हेर्ने नपाएको भन्दै प्रवेश शुल्क फिर्ता गरिनुपर्ने माग गरेका थिए ।
स्टेडिममा सबैभन्दा सस्तो टिकट ५ हजार रुपैयाँ (भारतीय मुद्रा) रहेको बताइएको छ ।
मेसी शनिबार बिहान फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पालका साथ कोलाकाला आएका थिए । कोलकाता एयरपोर्टमा मेसीको एक झलक पाउनका लागि हजारौं फ्यान पुगेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार मेसीको स्वागतका लागि हजारौं फ्यानहरू गएरातिदेखि नै कुरेर बसेका थिए । मेसी सवार विमान शनिबार बिहान २ बजेर २६ मिनेट जाँदा (भारतीय समयअनुसार) कोलकातामा अवतरण भएको थियो ।
जीओएटी इन्डिया टुर–२०२५ अन्तगर्त मेसी तीन दिन भारत बसाइमा हुने छन् । यस दौरान उनी भारतका चार शहरको भ्रमणमा निस्कने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4