
News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध एयरले कोलकातामा फेरि नियमित उडान सुरु गरेको छ र काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार उडान गर्ने तालिका बनाएको छ।
- कोलकातास्थित महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपाल र पश्चिम बंगालबीचको सम्बन्ध थप उचाइमा पुर्याउन बुद्ध एयरको सेवाले सहयोग गर्ने बताए।
- बुद्ध एयरले कोलकाताका लागि सुरुवाती भाडा दर प्रतियात्रु १३ हजार ३ सय ५४ रुपैयाँ तोकेको छ र यो भारतमा दोस्रो नियमित उडान गन्तव्य हो।
२ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा फेरि नियमित उडान थालेको छ ।
कोलकातास्थित महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपाल उडान उद्घाटन गरे । उनले यस कार्यका लागि बुद्ध एयर र भारत सरकारलाई धन्यवाद दिए ।
‘नेपाल र पश्चिम बंगालको परम्परागत, ऐतिहासिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, व्यापारिक तथा कूटनीतिक सम्बन्ध थप उचाइमा पुर्याउन यो सेवाले थप सहयोग पु¥याउने छ,’ उनले भने ।
बुद्धल यसअघि कोलकातामा २७ मे २०१९ (२०७६ साल) मा पहिलो पटक नियमित उडान थालेको थियो । तर, यो उडानलाई निरन्तरता भने दिइएन । बुद्धले पुनः उडान सुरु गरेको हो ।
काठमाडौंदेखि कोलकाता उडान १ घण्टा ३० मिनेटको छ । बुद्धले त्यहाँ आइतबार, मंगलबार र बिहीबार नियमित उडान गर्ने तालिका बनाएको छ ।
बुद्धले कोलकाताका लागि सुरुवाती भाडा दर प्रतियात्रु १३ हजार ३ सय ५४ रुपैयाँ तोकेको छ ।
कोलकाता र नेपालबीच व्यापारिक सम्बन्ध छ । बुद्धको भारतमा यो दोस्रो नियमित उडान हुने गन्तव्य हो । हाल बनारसमा काठमाडौंबाट नियमित उडान हुँदै आएको छ ।
प्रतिक्रिया 4